नियम १८
विधेयकको प्रमाणीकरण
(१) नियम १७ बमोजिम प्रमाणित विधेयक संविधान बमोजिम प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको सूचना प्राप्त भएपछि प्रतिनिधि सभामा सभामुखले र राष्ट्रिय सभामा अध्यक्षले सोको सूचना पढेर सुनाउनेछ । अधिवेशन चालू नभएको अवस्थामा त्यस्तो सूचना सूचनापत्रमा प्रकाशन गराईनेछ ।